Logo

डब्ल्यूएचओको अनुसन्धानमा चीनले सत्य लुकाउनेछ – माइक पोम्पिओ



Spread the love

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले फेरि चीनमाथि हमला बोलेका छन् । पोम्पिओले कोरोना भाइरससम्बन्धि विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा चीनले सत्य लुकाउने बताएका छन् ।

गत साल चीनको बुहानमा कोरोना भाइरसको पहिलो केस भेटिएको थियो । छोटो समयमै भाइरस विश्वभर फैलिएको छ । भाइरस भेटिएपछि विदेशमन्त्री पोम्पिओ र राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् ।

पोम्पिओले पत्रकार सम्मेलनमा भने,‘अब विश्व स्वास्थ्य संगठनलाई अनुसन्धान गर्नका लागि अनुमति दिइएको छ । अनुसन्धानमा चीनले तथ्य लुकाउने कुरामा म विश्वस्त छु ।’

‘भाइरसको कारण एक लाखभन्दा धेरै अमेरिकनको ज्यान गइसकेको छ र विश्वको अर्थव्यवस्थामा खर्बौँ डलर घाटा भएको छ ।’ पोम्पिओले थपे ।

पोम्पिओ पहिलादेखि नै डब्ल्यूएचओको स्वतन्त्र जाँचको पक्षमा थिए । चीनमा निष्पक्ष जाँच हुनुपर्ने भनी विश्व स्तरमा माग उठी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्