Logo

नारायणी नदी किनारमा एक पुरूषकाे शव



Spread the love

साउन १, काठमाडौं । नारायणी नदी किनारमा एउटा शव भेटिएको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका ६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो ।

असार ३० गते मंगलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । चालिसेको के कारणले मृत्यु भयो भनी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शव परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । चालिसेको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्