Logo

भारतमा एकैदिन ३२ हजारभन्दा धेरै संक्रमित



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा एकैदिनमा ३२ हजारभन्दा धेरै संक्रमित भएका छन् । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३२ हजार ६९५ जना संक्रमित भएका छन् भने ६०६ जनाको ज्यान गएको छ ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ । केही दिनमा भारतमा १० लाख संक्रमित पुग्नेछन् ।

संक्रमितमध्ये ६ लाख १२ हजार ८१५ जना निको भइसकेका छन् भने २४,९१५ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा १५ जुलाइसम्म १ करोड २७ लाख ३९ हजार ४९० जनाको कोरोना परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्