Logo

प्रचण्ड देशको ३९औ प्रधानमन्त्री



Spread the love

 

pm prachand

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” देशको ३९औ प्रधानमन्त्री भएका छन्।

५७३ सांसद उपस्थित भएकोमा ३६३ मत पाएर प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।उनको  विपक्षमा २१० मत परेको छ ।
ब्यवस्थापिका संसदको नियमावली ४९ को उपनियम ५ बमोजिम भएको निर्वाचनमा प्रचण्डका पक्षमा ५ सय ९५ को बहुमत भएकाले प्रधानमन्त्रीमा निर्वाचित भएको सभामुख ओनसरी घर्तीले घोषणा गरिन् ।

प्रचण्डलाई मत दिने  दलहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद रहेका छन् । यस्तै परिवार दललगायतका केहि एक सिट दलले पनि प्रचण्डको पक्षमा मतदान गरे ।

गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो नेता हुन्।
ब्यवस्थापिका संसदको अर्को बैठक आगामी सोमवार विहान ११ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्