Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

साउन २, काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसै गरी तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्