Logo

गौडेपुलमा पहिरो खस्दा तानसेन–बुटबल सडकखण्ड अवरुद्ध



Spread the love

साउन २, काठमाडौं । पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटबल सडकखण्ड अवरुद्ध भएको छ ।

भारी वर्षा भएकाले पहिरो हटाउन समस्या देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताएका छन् ।

वर्षा रोकिएपछि सडक सुचारु गर्न लागि पर्ने गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्