Logo

कर्णाली प्रदेशमा थप १२ जनामा संक्रमण



Spread the love

साउन २, काठमाडौं । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् दैलेखका पाँच जना, जाजरकोट र सल्यानका दुई–दुईजना, मुगु, सुर्खेत र रुकुम पश्चिममा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

थप १२ जनासँगै कर्णाली प्रदेशमा संक्रमित हुनेहरुको संख्या एक हजार ७२६ पुगेको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसबाट ६ जनाको ज्यान गएको छ भने १ हजार ४८८ जना निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्