Logo

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख कट्यो



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दस लाख कटेको छ । भारतमा बितेको २४ घण्टामा ३४ हजार ९५६ जना संक्रमित भएका छन् । यससँगै भारतमा संक्रमित हुनेहरुको संख्या १० लाख ३ हजार ८३२ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट २५ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी ६ लाखभन्दा धेरै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कांग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लगातार संक्रमण बढ्दै गएको भनी ट्वीट गरेका छन् । उनले सरकारले महामारी रोक्नका लागि सही कदम चाल्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्