Logo

अमेरिकामा एकैदिनमा करिब ७५ हजार संक्रमित



Spread the love


एजेन्सी । अमेरिकामा कोरोना भाइरसको कहर रोकिने नाम लिएको छैन । बितेको २४ घण्टामा अमेरिकामा ७४ हजार ५०० संक्रमित भएका छन् भने ८०० भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा पहिलो पटक एकदिनमा यति धेरै संक्रमित भएका हुन् । विश्वको सबैभन्दा धेरै प्रभावित राष्ट्र अमेरिकामा हालत झनपछि झन् बिग्रिंदै गएकाे छ ।

विज्ञहरू निकै चिन्तित भएका छन् । महामारीकाे बेलामा महाराेग विशेषज्ञ एन्थाेनी फाैसी र ट्रम्पबीच सम्बन्ध राम्राे छैन भनी अन्तरराष्ट्रिय मिडियाहरूले लेखिरहेका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा ३५ लाख ७६ हजार २२१ जना संक्रमित भइसकेका छन् भने १ लाख ३८ हजार ३५९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्