Logo

कालीगण्डकी किनारमा एक किशोरको शव भेटियो



Spread the love

साउन २, काठमाडौं । बागलुङ नगरपालिका १३ स्थित कालीगण्डकी नदी किनारमा एक किशोरको शव भेटिएको छ । जैमिनी नगरपालिका १० का १८ वर्षीय किशोर जीवन पुनको कालीगण्डकी नदी किनारमा शव भेटिएको हो ।

पुन पर्वत जिल्लाको कुस्मा नगरपालिका १ मा रहेको दिदीको घरबाट जैमिनी फर्किने क्रममा सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ । उनको खोजी गर्ने क्रममा कालीगण्डकीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्