Logo

भारतमा कपाल मुण्डन गरेको घटनामा राजदूतको चासो



Spread the love


साउन २, काठमाडौं । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भारतमा कपाल मुण्डन गरिएको घटनाप्रति चासो देखाएका छन् ।

अभिशेकराज सिंहले गरेको ट्वीटमा मेन्सन गर्दै राजदूत आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको बताएका छन् ।

अभिशेकराज सिंहले ट्वीटमा लेखेका छन्,‘प्रमको राम र अयोध्याबारेको अभिव्यक्ति पश्चात् भारतमा नेपाली युवामाथि हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले कपाल खौरेर तालुमा जय श्रीराम लेखेर अत्याचार गरेछन् । यस्तो कार्य कुनै पनि हालतमा सहन सकिंदैन । तुरुन्तै कदम चालियोस् ।’
अभिशेकले उक्त ट्वीटमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र निलाम्बर आर्चायलाई मेन्सन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तिको अवसरमा राम भारतमा नभइ नेपालमा जन्मेको बताएका थिए । उनको अभिव्यक्तिले भारतमा तरङ्ग पैदा गरेको थियो ।

भारतीयहरुले नेपालीहरुलाई दुर्व्यवहार गर्न थालिसकेका छन् । उनीहरुले भारतमा काम गरिरहेका एक नेपालीको कपाल मुण्डन गरी जय श्रीराम लेखेका छन् । यतिमात्र नभइ केपी शर्मा ओली मुर्दाबाद र जय श्रीरामको नारासम्म लगाउन भनेका छन् ।

हिन्दू सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति फिर्ता नलिए भारतमा रहेका नेपालीहरुलाई त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्