Logo

क्वारेन्टाइनमा एक युवकद्वारा आत्महत्या



Spread the love
प्रतीकात्मक तस्वीर

साउन २, काठमाडौं । लमजुङमा एक युवाले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् ।

जिल्लाको क्वोलासोथार गाउँपालिका ६ का २३ वर्षीय युवक युवराज घर्तीले क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

घर्ती असार ३१ गतेदेखि क्वाेलासोथार गाउँपालिकाको गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा एक्लै बसेका घर्तीले आत्तिएर आत्महत्या गरेका हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाकाे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्