Logo

थप १०१ जनामा काेराेना संक्रमण



Spread the love

साउन २, काठमाडाैं । नेपालमा थप १०१ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् १०१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार ४४५ पुगेकाे छ । यसैगरी ११ हजार ५३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ८ सय ७१ जना काेराेना संक्रमित आइसाेलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्