Logo

एक हजार विदेशी कामदार रोजगारका लागि आए नेपाल



Spread the love

चालू आर्थिक बर्ष ०७४ ७५ को पहिलो चार महिनामा एक हजारभन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् ।

श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ ।

चालू आवको कार्तिक मसान्तसम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या एक हजार ४१  रहेको श्रम विभागले जनाएको छ ।

तर गत आव २०७३ ७४ को चार महिनामा यो संख्या चार सय ५८ मात्रै थियो भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्