Logo

रोकिएका परीक्षाहरू भदौ दोस्रो साताबाट सञ्चालन गरिने



Spread the love

५ साउन, काठमाडाैँ – भदौ दोस्रो साताबाट रोकिएका परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिभुवन विश्वविद्यालय जुटेको छ । केही दिनमा परीक्षाको तालिका प्रकाशन गर्ने तयारी रहेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।

विज्ञहरुले लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएसँगै सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविले तयारी गरेको छ ।

त्रिविका रेक्टर शिवलाल भुसालले सरकारले ल्याउने लकडाउनको ढाँचाअनुसार परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो ।

यसका लागि विद्यार्थी जहाँ छन् सोही स्थानमा रहेका क्याम्पसमा समेत परीक्षा सञ्जालन गर्न सकिने विश्वविद्यालय अनुदान आयोगले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका मौखिक परीक्षाहरु अनलाइनबाटै सञ्चालन गर्न सकिने समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्