Logo

दार्चुलाको पहिरोमा परि आमा-छोरी बेपत्ता



Spread the love


फाइल तस्बिर

५ साउन, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका—६, परिगाउँमा पहिरो जाँदा स्थानीय दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीयले बताए ।

स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्