Logo

खान नपाएर पहिरो पीडितको मृत्यु



Spread the love

७ साउन, जाजरकोट – गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ ।

त्रिपालमा खान बस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिए ।

आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताए । आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।

रासस

प्रतिक्रिया दिनुहोस्