Logo

कोरोनाबाट बच्ने नियमहरू पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह



Spread the love

७ साउन, काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्ने नियमहरू पालना गर्न आग्रह गरेकी छन् । सरकारले लकडाउन अन्त्य गरेको भोलीपल्ट अर्थात् बुधबार सो आग्रह गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको ट्वीटरमा उल्लेख गरेकी छन् ।

उनले गरेको ट्वीटमा लेखिएको छ, “जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन’ राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।”

कोरोना रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेबाट गरेको लकडाउन बुधबार बिहानबाट अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्