Logo

कोरोना संक्रमण पुष्टि भएका पुरूष बेपत्ता



Spread the love

७ साउन, विराटनगर – बुधबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पुरूष सम्पर्क विहीन भएका छन् ।

मंगलबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएकोमा बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्कबिहीन भएका हुन् ।

कोशी अस्पताल, विराटनगरले बुधबार उनको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट निकालेको थियो ।

महानगरका अधिकारीहरुले बताए अनुसार ती पुरूषको स्थायी ठेगाना नटिपेका कारण संक्रमित पुरूषको पहिचान गर्न गाह्रो भएको हो ।

बुधबार विराटनगरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने प्रहरीले कोरोना संक्रमित पुरूषको खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्