Logo

हजारको नोटबाट हटाइयो अफ्रिकन हात्ती, राखियो यी जुम्ल्याहा हात्ती



Spread the love

७ साउन, काठमाडाैँ – नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँको एक हजारको नयाँ नोटमा केही परिवर्तन गरेर बजारमा बुधबारदेखि सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त नोटमा भएको हात्तीको फोटो नयाँ राखिएर सार्वजनिक गरिएको हो । यसभन्दा अगाडी प्रचलनमा रहेको एक हजारको नोटमा अफ्रिकन हात्तीको फोटो राखिएको भएता पनि बुधबारबाट बजारमा ल्याइएको हजारको नोटमा नेपालमै जन्मिएका मुम्ल्याहा हात्तीको फोटो राखिएको हो ।

राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै नयाँ हजारको नोटमा नेपालमै जन्मिएका जुम्ल्याहा हात्तीको फोटो राख्ने निर्णय गरेपनि लगभग ७ वर्षपछि मात्रै सो निर्णय कार्यान्वयन भएको हो ।

बुधबार बजारमा ल्याइएका नोटमा राखिएका हात्तीहरू २०६५ सालमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण ती दुइको नाम राम तथा लक्ष्मण राखिएको थियो ।

अबदेखि नेपाली हजार रूपैँयाको नोटमा तिनै राम तथा लक्ष्मणको फोटो देखिने छ ।

प्रतिक्रिया दिनुहोस्