Logo

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षाहरू भदाै पहिलो हप्ताबाट



Spread the love

७ साउन, काठमाडाैँ – पूर्वाञ्चल विश्वविद्यालयले कोरोना भाइरसको कारण रोकिएका परीक्षाहरू भदाै पहिलो हप्ताबाट सुरू गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले बुधबार जारी गरेको सुचनामा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू नै परीक्षा केन्द्र हुने उल्लेख समेत गरिएको छ ।

परीक्षा नियन्त्रक संग्राैलाका अनुसार परीक्षाका दाैरान सरकारले तोकेका सम्पूर्ण सुरक्षा सतर्कताहरू अपनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्