Logo

डा. बाबुराम भट्टराईद्वारा नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा



Spread the love

गोरखा क्षेत्र नम्बर २ का विजयी उम्मेदवार नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा गरेका छन् ।

उनले प्रत्येक महिना जनताको समस्या बुझ्न गोरखा आउने घोषणा पनि गरेको खबर  आजको नयाँ पत्रिकामा छापिएको छ ।

आफू निर्वाचित भएको क्षेत्र र गोरखाको विकासका लागि आफूले अग्रसरता लिने उनले बताए ।

उनले भने, सबै नेपालीको घर नबनेसम्म म डेरामै बस्छु, मेरो डेरा तपाइँहरुलाई २४सै घण्टा खुला छ ।

आफ्नो सुरक्षामा खटिएका सुरक्षकर्मीलाई उनले गोरखाबाट जो आए पनि रोकतोक नगर्न सभाबाटै निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्