Logo

दुईचोटि प्रधानमन्त्री हुने पहिलो नेपाली कम्युनिष्ट नेता



Spread the love

pm prachand

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको इतिहासमा दुईपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट नेता भएका छन।

आज व्यबस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा आज उपस्थित कुल ५७३ मत मध्ये ३६३ मत प्राप्त गरेर उनी निर्वाचित भएका हुन।

२०६५ साल भदौमा पहिलोपटक प्रधानमन्त्रीको पद सम्हालेका प्रचण्डले नौ महिनापछी कटुवाल प्रकरणका कारण राजीनामा दिएर फेरि एकपटक त्यही पदमा पुगेका छन।

नेपाली काङ्ग्रेस,मधेसी लगायत केहि साना दलहरुको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले आज बिहान मात्रै मधेसमा आन्दोलनरत दलहरुलाई पनि आफ्नो पक्षमा ल्याउन सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्