Logo

हिजो भन्दा आज कोरोनाबाट मुत्यु हुनेको संख्या घट्यो तर संक्रमण भने अहिलेसम्मकै उच्च !



Spread the love

१० साउनएजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ ब्राजिल, ३ रसिया र पछि भारत रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ६ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता ७ सय १८ जनाको संक्रमणबाट ज्यान गएको छ भने ७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या ७२ ले घटेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ३ लाख ७८ हजार २ सय ८५जना संक्रमित भएका छन् भने ४२ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । २ लाख ४२ हजार ६ सय ९२ उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्