Logo

आज १०९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१० साउन, काठमाडौं । आज देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरु मध्य १०९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा याता १०९ जना कोरोना संक्रमण देखिएका मध्य डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ५३ जना निको भएका छन् भने ४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्