Logo

जाभी हर्नान्डेजमा कोरोना संक्रमण पुष्टि



Spread the love

१० साउन, एजेन्सी – बार्सिलोना तथा स्पेनका पूर्व खेलाडी जाभी हर्नान्डेजमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

हाल कतारको क्लब अल-सदमा प्रशिक्षण गरिरहेका जाभिमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

जाभी हर्नान्डेजमा कोरोना संक्रमण पुष्टि भएता पनि उनमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको बताइएको छ ।

कोरोना संक्रमित जाभीले आँफुलाई सेल्फ क्वारेन्टाइनमा राख्ने बताउँदै अल सदका खेलाडीहरू कतारी लिगको सुरूवाती खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

शनिबारबाट कतारमा सुरू हुने घरेलु लिगभन्दा पहिले गरिएको टेस्टमा जाभीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्