Logo

पूर्वमहामन्त्री थापासहित राप्रपाबाट ३१ जना नेताले दिए संयुक्त राजिनामा



Spread the love

१० साउन, काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)बाट ३१ जना नेताले संयुक्त रूपमा राजिनामा दिएका छन् । राप्रपाका पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।

राप्रपाका अध्यक्षत्रयलाई सम्बोधन गर्दै थापासहित नेताहरूले शनिबार राजीनामा बुझाएका छन् । पूर्वमहामन्त्री थापा राप्रपा एकता हुनुअघिदेखि नै पार्टीमा असन्तुष्ट भएको बताइएको छ ।

संयुक्त रूपमा राजीनामा दिनेमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्णलगायत ३१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्