Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

११ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ७ सय ६१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ६ सय ९० मा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४८ हजार ४ सय ७२ जना संक्रमित हुँदा ६ सय ९० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १३ लाख ८५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ८ लाख ८६ हजारभन्दा बढी निको भइसकेका छन् भने ३२ हजार ९६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्