Logo

उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै



Spread the love

११ साउन, काठमाडाैँ – मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, जाजरकोटतिर फाट्टाफुट्ट देखिएको छ । भएका सलह उत्तर लाग्दै छ । चिसो लेकतर्फ गएकाले अहिले नोक्सान गर्ने हिसाबका छैनन् । “मुस्ताङमा पुगेको सलह रुखमा पनि राम्ररी बस्न नसक्ने अवस्थामा पुगेको छ, फेदमा बल्लबल्ल बसिरहेको छ, कमजोर हुँदै गएको छ, चिसोले राम्ररी खान सकेको छैन, भएका पनि लेकतर्फ गइरहेको छ”, सुवेदीले भने, “जति लेक जान्छ त्यति मर्दै र कमजोर बन्दै जाने हो ।”

उनका अनुसार उत्तरबाट हावा लागेको भए पुनः फर्किन सक्थ्यो । अहिले हावा पूर्वबाट पश्चिम उत्तरतिर गइरहेको छ । त्यसैले फर्किने सम्भावना कम छ

प्रतिक्रिया दिनुहोस्