Logo

भारतीयलाई प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण



Spread the love

११ साउन, रौतहट – सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।
भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआइजी कृष्णभक्त ब्रह्माचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्