Logo

कोरोनामुक्त हुनेको संख्या बढ्यो, कुन प्रदेशमा कतिले जिते कोरोना ?



Spread the love

११ साउन, काठमाडाैँ – नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन् ।

प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

छ जिल्ला कोरोनामुक्त भएका छन्।

प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्