Logo

पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा आज पुनरावलोकनमा सुनुवाइ



Spread the love

११ साउन काठमाडौँ। पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ । 

याे मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ताले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, शुष्मालता माथेमा, डा मनोज कुमार शर्मा, डा आनन्द मोहन भट्टराई र सपना मल्ल प्रधानले यो मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको पेशी उनीहरुको इजलाजमा तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्