Logo

कोरोना अस्पतालमा उपचार गराइरहेका भारतीय नागरिककाे मृत्यु



Spread the love

११ साउन वीरगन्ज। नारायणी अस्थाई कोरोना अस्पतालमा उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएकाे छ।

वीरगन्जमा पसल व्यवसाय गरिरहेका ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए।

उनी मुटु रोगी थिए भने मधुमेहले समेत पीडित थिए । आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो भने पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्