Logo

अबको चासो प्रदेश मुख्यमन्त्रीमा



Spread the love

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा धमाधम आउँदै गर्दा बाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मख्यमन्त्री को होला भन्न सर्वत्र चासो हुन थालेको छ ।

पुर्वका १४ जिल्ला समेटिएको प्रदेश १ मा पनि वाम गठबन्धनको बहुमत आएपछि मुख्यमन्त्री को बन्लान् भन्ने सर्वत्र चासो बढेको छ ।

प्रदेशसभामा जित हासिल गरेका प्रभावशाली नताहरुले मुख्यमन्त्री बन्ने दौड थालेका छन् ।

प्रदेश नं. १ को मुख्यमन्त्री मा एमाले सचिव तथा प्रदेश नं. १ संयोजक भीम आचार्या र एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईको नाम चर्चामा छ । 

गृहजिल्ला सुनसरी भएका आचार्य र भोजपुरका राई दुवै पुर्वमन्त्री हुन् ।

दुवैले आ आफ्नो क्षेत्रबाट प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका छन् ।

यधपि आचचार्यले औपचारिक रुपमा मुख्यमन्त्रीको दावी गरेको अभिब्यक्ति दिएका छैनन् । राईले भने चुनाव अघिदेखि नै सञ्चारमाध्यमबाट आफुलाई मुख्यमन्त्रीका दाबेदारका रुपमा प्रस्तुत गरिसकेका छन् ।

उनका समर्थकहरुले पनि मुख्यमन्त्री बनाउनुपर्ने सामाजिक सञ्जालहरुमा माग उठाईरहेका  खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्