Logo

क्रिश्चियन किशोरीमाथि स्थानीय गुण्डाहरूद्वारा निर्घात कुटपिट



Spread the love

११ साउन, एजेन्सी – एक जना क्रिश्चियन किशोरीमाथि स्थानीय गुण्डाहरूले कुटपिट गरेका छन् । पाकिस्तानको पञ्‍जाब प्रान्तको कसुर सहरको साबरी कोलोनीमा स्थानीय गुण्डाहरुले एक क्रिश्‍चियन किशोरीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटका कारण उनको शरीरको विभिन्‍न ठाउँमा चोट लागेको छ भने नाक समेत भाचिएको बताइएको छ ।

परिवारका सदस्यहरुले बताए घरमा महिलामात्रै भएको समयमा ती किशोरीमाथि कुटपिट भएको हो ।

पाकिस्तानमा बाहुल्यता रहेका मुस्लिमहरुविरुद्ध आवाज उठाए भने क्रिश्चियनहरुलाई यातना दिने काम भइरहेको छ । क्रिश्‍चियन समुदायहरु पाकिस्तानमा निकै गरिबीको रेखामुनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्