Logo

कोरोनालाई जितेर १२१ जना घर फर्किए, संक्रमणबाट थप १ को मृत्यु



Spread the love

१२ साउन, काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर १२१ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ।

नेपालमा आज ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्