Logo

काठमाडौँ उपत्यकामा मात्रै ५३ जनामा कोरोना संक्रमण



Spread the love

१२ साउन, काठमाडौँ। नेपालमा आज ३११ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ उपत्यकामा मात्रै ५३ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले जानकारी दिएको छ। संक्रमितमध्य काठमाडौँका ४८, भक्तपुरका १ र ललितपुरका ४ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर १२१ जना घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ। त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्