Logo

दाङमा पहिरोले घर पुरिदा आमाछोरीको ज्यान गयाे



Spread the love
फाइल तस्बिर

१४ साउन, दाङ। पहिरोले घर पुरिदा दाङमा आमाछोरीको ज्यान गएकाे छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडानम्वर–५ साकुनीमा घर माथिबाट पहिरो आउँदा बुधबार बिहान आमाछोरीको मृत्यु भएको हाे।

अविरल वर्षापछि आएको पहिरोमा परी २४ वर्षिया बाटुली नेपाली र उनकी २ वर्षिया छोरी आयुस्मा नेपालीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्