Logo

प्रहरी हेडक्वार्टरमा काेराेना संक्रमित हुने प्रहरीको संख्या ३५ पुग्यो



Spread the love

१४ साउन, काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ । संक्रमितमा असई एक, हवल्दार छ, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

कार्यालयमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा समेत रोक समेत लगाइएको छ । ठुलो संख्यामा प्रहरी संक्रमित भएपछि संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको पीसीआर परीक्षण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्