Logo

माघ अगाडी नै कक्षा ११ को परीक्षा सक्नुपर्ने



Spread the love

१४ साउन, काठमाडाैँ – कोरोना भाइरसका कारण स्थगित कक्षा ११ को परीक्षाको समयसीमा तोकिएको छ । स्थगित परीक्षा आउँदो माघ महिनाभित्र लिइसक्नुपर्ने गरी समय सीमा तोकिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी गरिएको कार्यविधिमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नु अगावै परीक्षा लिइसक्नुपर्ने उल्लेख गरिएको छ ।

परीक्षा बोर्डका सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारी अनुसार बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भरिन्छ भने त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्नेछ ।

उनले बताए अनुसार यो परीक्षाको मुल्यांकन परीक्षा बोर्डले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्