Logo

गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो नख्खीपोटमा भेटियो



Spread the love

१५ साउन, काठमाडौँ । काठमाडौँको कमलादीबाट केही दिनअघि गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो गाडी ललितपुरको नख्खीपोटमा भेटिएको छ। निर्माणाधीन घरभित्र छोपेर राखिएको अवस्थामा उक्त गाडी फेला परेको हो।

महानगरीय अपराध महाशाख र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा सुन भएको झोला र पेस्तोल फालेर हिँड्ने तीन जनालाई नवलपरासीको दुम्किवासवाट पक्राउ गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्