
काठमाडाैँ – फलफूल तथा थोक व्यवसायी संघले भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको छ ।
संघले बिहीबार भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको हो ।
भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना रोकतोक प्रवेश गर्न सक्ने निर्णय संघले गरेको छ ।
भारतीय नम्बरको मालवाहक ट्रक सिधै कुलेश्वर आउँदा त्यसमा चालक, सहचालक, एजेन्ट समेत आउन पाउने निर्णय भएको छ ।
यदि कोरोना भाइरसले विषम परिस्थिति सिर्जना गरेका यो निर्णय रद्द गर्ने समेत संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्