Logo

बेइमानी गर्न राजनीति गरेको हैन: गोकुल बाँस्कोटा



Spread the love

१६ साउन, काभ्रे – पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोक सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए । उनले भने, “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।”

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, “जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।” समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्