Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

१७ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या केही घटेको छ । हिजो ७ सय ८३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ७ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५७ हजार ७ सय ४ जना संक्रमित हुँदा ७ सय ६५ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १६ लाख ९७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १० लाख ९५ हजारभन्दा बढी निको भइसकेका छन् भने ३६ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्