Logo

नेपालका सांसद्सम्म पुग्यो कोरोना



Spread the love

१७ साउन, काठमाडाैँ – जनता समाजवादी पार्टीका सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद यादवले फेसबुकमा स्टाटस पोष्ट गर्दै आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनले जानकारी दिँदै लेखेका छन्, “‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।”

सांसद यादवले आफु आफ्नै घरमा आइसोलेसनमा बसिरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्