Logo

मदिरा पसलहरू बन्द भएपछि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु



Spread the love

एजेन्सी – भारतमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ । भारतको आन्द्र प्रदेशमा मदिरा भन्दै स्यानिटाइजर सेवन गर्दा १० जनाको मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमणको खतरा रहेको भन्दै मदिरा पसलहरू बन्द हुँदा उनीहरूले स्यानिटाइजर सेवन गरेको प्रहरीले जानकारी दिएको छ ।

आन्द्र प्रदेशको कुरिचेदु गाउँमा उक्त घटना घटेको हो । प्रहरीले दिएको जानकारी अनुसार त्यहाँका मानिसहरूले स्यानिटाइजर पानीमा घोलेर सेवन गरेका थिए ।

स्यानिटाइजर सेवन गर्नेहरू मदिरा धेरै सेवन गर्थे भने उनीहरूले स्यानिटाइजर सेवन गरेको १० दिनपछि मृत्यु भएको बताइएको छ ।

भारतका कोरोना संक्रमितको संख्या बढ्दै गएपनि लकडाउन खुलिसकेको छ भने केही ठाउँमा भने निषेधाज्ञा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्