Logo

भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या बढ्यो, संक्रमित थपिने क्रम पनि रोकिएन



Spread the love

१८ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ७ सय ६५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५४ हजार ६ सय ६५ जना संक्रमित हुँदा ८ सय ५२ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १७ लाख ५१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ११ लाख ४६ हजारभन्दा बढी निको भइसकेका छन् भने ३७ हजार ४ सय ३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्