Logo

सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट आयो



Spread the love

१८ साउन, काठमाडाैँ – सभामुख अग्निप्रसाद सापकोटासहित उनको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । ‘हिजो राती अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’ न्यौपानेले भनेका छन् ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्