Logo

खनाल र नेम्वाङकाे सहभागीतामा नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता



Spread the love
फाइल तस्बिर

१८ साउन, काठमाडौं। बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बार्तामा जुटेका छन् । आजकाे वार्तामा नेता सुवासचन्द्र नेम्वाङ र झलनाथ खनाल पनि सहभागी भएका छन्।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट झलनाथ खनाललाई राखेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ।

प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भनि कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग निरन्तर छलफल र संवादमा रहेपनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्