Logo

भारतमा कोरोनाको कारण मन्त्रीको मृत्यु, अर्का मन्त्री संक्रमित, अमिताभको पछिल्लो अपडेट



Spread the love

१८ साउन, एजेन्सी – पछिल्ला केही हप्तादेखि भारतमा भयावह बनेको कोरोना भाइरस थप जटिल हुँदै गएको छ । भारतमा एक दिनमा ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइरहेका बेला दैनिक ५ सयभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् ।

यसैबीच भारतका गृहमन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी भारतका शिक्षामन्त्री कमला रानी वरुणको मृत्यु समेत भइसकेको छ ।

तर, बलिउडका महानायक अमिताभ बच्चन भने कोरोना भाइरस संक्रमण मुक्त हुँदै अस्पतालबाट डिश्चार्ज भएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको २३ दिनपछि कोरोनामुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्